२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

श्री सद्भाव युवा समाज कतारद्वारा कञ्चनपुरको सामुदायिक विद्यालयलाई सहयोग

Nada
तिलु शर्मा पौडेल
२०८२ पुष ७ गते २१:०७
Shares
श्री सद्भाव युवा समाज कतारद्वारा कञ्चनपुरको सामुदायिक विद्यालयलाई सहयोग

दोहा कतार : श्री सद्भाव युवा समाज कतारले कञ्चनपुरको एक सामुदायिक विद्यालयलाई ‘सद्भाव उपहार’ अन्तर्गत शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ ।  

ncell

शुक्लाफाँटा नगरपालिका–११ अवस्थित दशरथ आधारभूत सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री, खेलकुद सामग्री, स्टेशनरी, कार्यालय व्यवस्थापन सामग्री तथा सरसफाइ सामग्री सहयोग गरिएको हो । 

स्कुल प्रांगणमा आयोजित हस्तान्तरण कार्यक्रममा  करिब ८० हजार बराबरको शैक्षिक, खेलकुद र स्टेशनरी सामग्री हस्तान्तरण गरिएको समाजका अध्यक्ष विजय गुरुङले मध्यान्हलाई जानकारी दिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल कामीको सभापतित्व तथा वडा नं ११ का वडाध्यक्ष शेरबहादुर साउदको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि साउदले प्रवासबाट सहयोग प्रदान गर्ने सामाजिक मनको प्रशंसा गरेका थिए । नगरपालिकाका सदस्य सुर्जा वी.के., वडा सदस्य कमला कामी, प्राविधिक शिक्षालयका निमित्त प्रमुख ललित कलौनी लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । स्कुलका छात्राहरूको नाचले पाहुनाहरूको मन जितेको थियो भने विद्यालयका प्रधानाध्यापक धर्मा ऐर भण्डारीसहित विद्यालय व्यवस्थापन समितिले कार्यक्रमको व्यवस्थापन तथा सहजीकरण गरेका थिए । 

उक्त स्थानसम्म सहयोग सामग्री पु¥याउन सहजीकरण गर्ने समाज कतारका प्रतिनिधि राम बहादुर ऐर, फिटनेस सेन्टरका सञ्चालक तथा युवा समाजसेवी रमेश ऐर र सागर जोशीलाई समाजले आभार व्यक्त गरेको छ । 

समाजले केही समय अघि माङ्सेबुङ्ग गाउँपालिका गजुरमुखी खोलाधाम साथै देनपा–५, इलाम स्थिति बाढी पीडित सहयोगार्थ एक लाख पन्ध्र हजार रुपैयाँ सहयोग गरेको थियो । ‘सद्भाव समता सकारात्मक सोचसहित सदैव समाज सेवामा समर्पित’नारा बोकेको समाज कतारमा रहेर कतार एयरवेजमा कार्यरत श्रमिकहरूको अग्रसरतामा स्थापित समाज हो । 

uae

सम्बन्धित खबर