२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

कतारमा ४२ जना नेपालीले गरे रक्तदान

Nada
तिलु शर्मा पौडेल
२०८२ मंसिर १२ गते १६:५७
Shares
कतारमा ४२ जना नेपालीले गरे रक्तदान

दोहा कतार : कतारमा रहेका गण्डकी प्रदेशवासीहरूको अभिभावक संस्था गण्डकी प्रदेश समन्वय परिषद् कतारको नवौं स्थापना दिवसको अवसरमा प्रदेशमा आबद्ध जिल्ला संस्थाहरूसँगको संयुक्त आयोजनामा तेस्रो बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान, जीवनदान, जीवनदान महानदान” भन्ने मूल मन्त्रसहित नेपाली रक्तदाता संघ, कतारको समन्वयमा भएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गर्दै प्रदेशका अध्यक्ष नन्दलाल बिक (अजय)ले मध्यान्ह दैनिकलाई जानकारी दिए ।

ncell

अलसादस्थित हमाद हस्पिटलको नेसनल ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजेदेखि मध्याह्नसम्म चलेको कार्यक्रम कतारमा रगतको आवश्यक परेका बिरामीले रगत अभावकै कारण ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले प्रदेशको स्थापना दिवसका अवसरमा परोपकारी कार्य अन्तर्गत जीवन बचाउने महान् कार्यमा योगदान गर्दै दिवस मनाइएको प्रदेशका महासचिव मनप्रसाद राना मगरले बताए । रक्तदान जस्तो पुण्यको कार्यमा उल्लेख्य उपस्थित जनाउनेहरूप्रति आयोजक संस्थाले धन्यवाद ज्ञापन गरेको छ। 

कार्यक्रममा एनआरएनएका विभिन्न अभियन्ता, व्यवसायी, समाजसेवीसहित कतारमा स्थापित संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूसहित करिब एक सय जनाको उपस्थिति रहेको थियो । रक्तदाताहरूलाई आयोजकले प्रमाणपत्रद्वारा सम्मान गरेको थियो ।

uae

सम्बन्धित खबर