२०८२ मंसिर ११ गते बिहिवार / Nov 27 , 2025 , Thursday
२०८२ मंसिर ११ गते बिहिवार
Ads

मलेसियामा आमाछोरी हत्या प्रकरण : नेपाली युवकविरुद्ध मुद्दा दर्ता

shivam cement
तिलोचन गौतम
२०८२ मंसिर ११ गते १२:२१
Shares
मलेसियामा आमाछोरी हत्या प्रकरण : नेपाली युवकविरुद्ध मुद्दा दर्ता

मलेसिया : मलेसियाको पेनाङ राज्यस्थित जुरुमा एकै परिवारका आमाछोरीको हत्या आरोपमा पक्राउ परेका ३५ वर्षीय नेपाली दिनेश मण्डलविरुद्ध त्यहाँको मजिस्ट्रेट अदालतले औपचारिक रूपमा अभियोग दर्ता गरेको छ ।

५१ वर्षीया सरिया वे हिन र ११ वर्षीया नुर अफ्रिनाको हत्या गरेको आरोपमा मंगलबार मण्डललाई अदालतमा पेस गर्दा उनीसँग नेपाली भाषाका दोभासे नहुँदा आरोपहरू हिन्दीमा पढेर सुनाइएका थिए । तीन पटकसम्म अदालतमा प्रस्तुत गरिँदासमेत नेपाली दूतावासले न वकिल न दोभासे उपलब्ध गराएको अदालतले उल्लेख गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आरोप सुन्दा मण्डलले हात जोडेर टाउको हल्लाउँदै बुझ्ने संकेत मात्र गरेका थिए । दण्ड संहिताको धारा ३०२ अन्तर्गत दोषी ठहर भए उनलाई झुण्ड्याएर मृत्युदण्ड वा ३०–४० वर्षसम्म कैद सजाय हुनसक्ने बताइएको छ । मृत्युदण्ड नतोकिने अवस्थामा पनि न्यूनतम १२ कोर्राको सजाय अनिवार्य रहने कानुनी प्रावधान छ ।

पहिलो अभियोगअनुसार, गत अक्टोबर १८ मा दिउँसो १२:३० देखि साँझ ७:३० बीच कम्पुङ सेकोलाह जुरुको एक घरमा ५१ वर्षीया सरिया चे हिनको हत्या भएको बताइन्छ । दोस्रो अभियोगमा, सोही समय र स्थानमा ११ वर्षीया नूर अफरीना अलिशा अब्दुल रहीमको हत्या आरोप पनि मण्डलमाथि छ ।

नेपाली दोभासे उपस्थित नभएकै कारण नोभेम्बर ४ मा तय भएको सुनुवाइ स्थगित भएको थियो । आगामी प्रक्रियाका लागि अदालतले रसायन परीक्षण रिपोर्ट, टेलिफोन फरेन्सिक र पोस्टमार्टम रिपोर्ट पेस गर्न जनवरी २६ को मिति तोकेको छ ।

ADV

सम्बन्धित खबर