
काठमाडौं : आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको हो ।
नेपालका लागि भिम सार्कीले सर्वाधिक ४८ रन बनाए । उनले ६८ बलमा ७ चौका प्रहार गरे । कुशल मल्लले ४६ रन बनाए । उनले ५१ बलमा ३ छक्का र १ चौका प्रहार गरे । ओपनर आशिफ शेख ४८ बलमा ४ चौका सहयोगमा ३४ रन बनाएर आउट भए ।
दिपेन्द्रसिंह ऐरीले ४३ बलमा ३ चौका र १ छक्का सहयोगमा ३७ रन बनाए । आरिफ शेखले ५३ बलमा २ चौका सहयोगमा ३० रन बनाए ।
ओपनर कुशल भुर्तेल ९ बलमा २ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल ७ बलमा २ रन बनाएर आउट भए । नन्दल यादव १ रनमा आउट भए । करण केसी शून्य रनमा आउट भए ।
सन्दीप लामिछाने १५ रन र ललित राजवंशी ४ रनमा अविजित रहे ।
युएईका लागि ध्रुव परासर, जुनैद सिद्दीकी र मुहम्मद जावादुल्लह समान २-२ विकेट लिए । जहिद अलीले एक विकेट लिए ।