२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हाम्रो पार्टीको तात्कालिक कार्यनीति : नारायणकाजी श्रेष्ठ

shivam cement
२०८२ कार्तिक १९ गते १७:०३
Shares
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हाम्रो पार्टीको तात्कालिक कार्यनीति : नारायणकाजी श्रेष्ठ

काठमाडौं : नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु पार्टीको तात्कालिक कार्यनीति भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । नेता श्रेष्ठले मुलुकलाई थप संकटमा जान नदिन पनि घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेकाले पार्टी त्यसलाई तात्कालिक मूल कार्यनीति बनाएको समेत स्पष्ट पारे ।

उनले निर्वाचन सम्पन्न गर्ने सर्तमा वर्तमान सरकारलाई सफल बनाउनु पनि आफूहरुको उद्देश्य हुनुपर्ने बताए । उनले निर्वाचनमा सहभागी हुन पनि सबै राजनीतिक दलहरुलाई आग्ह गरे । 

नेता श्रेष्ठले निर्वाचनको वातावरण बनाउने काममा दृढतापूर्वक लाग्न पनि सरकारलाई सचेत गराए ।

ADV

ताजा खबर

सम्बन्धित खबर