२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

shivam cement
२०८२ कार्तिक १९ गते १६:२९
Shares
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलव १७ अङ्कले बढेर दुई हजार ६०७ दशमलव ४२ को बिन्दुमा कायम भएको हो ।

आज ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४२ हजार ८७९ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४ दशमलव ९६ को कारोबार भएको छ । आजको कारोबारमा होटल तथा पर्यटन र म्युचुअल फण्ड समूहबाहेक अरु सबै समूहको उपसूचक बढेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको रू ३८ करोड ६१ लाख ५२ हजार ४८४ बराबरको सात लाख १० हजार २५९ कित्ता शेयर किनबेच भएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर