२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

सिटिजन्सका ग्राहकले केल्मी सोरुममा छुट पाउने

shivam cement
२०८२ कार्तिक १७ गते २१:००
Shares
सिटिजन्सका ग्राहकले केल्मी सोरुममा छुट पाउने

काठमाडौं : सिटिजन्स बैंकका ग्राहकले ललितपुरको जावलाखेलस्थित केल्मी सोरुममा सामग्री खरिदमा छुट पाउने भएका छन् । बैंक र सोरुमबीच भएको समझदारीअनुसार बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

समझदारीअनुसार बैंकका डेबिट र क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले केल्मी सोरुम, जावलाखेलमा सामग्री खरिद गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

बैंकले यस सहकार्यबाट ग्राहक प्रत्यक्ष लाभान्वित हुने र नगद कारोबारभन्दा डिजिटल कारोबारतर्फ आकर्षित हुने विश्वास व्यक्त गरेको छ ।

ADV

सम्बन्धित खबर