
काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिबिबी प्लस रेटिङ प्राप्त गरेको छ । कम्पनीले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट बिबिबी प्लस रेटिङ प्राप्त गरेको छ ।
सो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम, सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई झल्काउँछ । बिबिबी प्लस श्रेणीमा पर्ने कम्पनीहरूलाई आफ्नो दायित्व समयमा पूरा गर्न सक्षम र अपेक्षाकृत स्थिर वित्तीय स्थिति भएको मानिन्छ ।
हाल कम्पनीको देशभर १ सय ४८ शाखा तथा उपशाखाबाट सेवा सञ्चालन गर्दै आएको छ ।