२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

जनकपुरको सुनचाँदी बजारमा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै व्यवसायीहरू आन्दोलनमा

shivam cement
२०८२ कार्तिक १८ गते १२:०५
Shares
जनकपुरको सुनचाँदी बजारमा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै व्यवसायीहरू आन्दोलनमा

जनकपुरधाम : धनतेरस पर्वको पूर्वसन्ध्यामा सुनचाँदी बजारमा भएको घटनामा निष्पक्ष छानबिन गर्न माग गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघ आन्दोलनमा उत्रिएको छ । 

संघले दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै जनकपुरधाममा बजार व्यवसाय बन्द गरी आन्दोलनमा उत्रिएको हो । संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीद्वारा गरिएको दमन तथा कुटपिट विरुद्ध जनकपुरधाम उद्योग वाणिज्य संघ र जनकपुरधामका व्यापारीहरू दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत बजार व्यवसाय बन्द गरेका हुन् ।

जनकपुरधामका व्यापारीहरू बिहान ९ बजेदेखि १२ बजेसम्म आ-आफ्नो व्यापारिक प्रतिष्ठान बन्द गरी विरोध जनाएका छन् ।

त्यस्तै जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाइमा नगरमा व्यापारीहरूले विरोध र्‍याली समेत निकालेका थिए । संघको आह्वानमा जनकपुरधामका व्यापारीहरू पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत व्यापारिक प्रतिष्ठानमा कालो झण्डा झुन्ड्याएर कालोपट्टी बाँधेर व्यवसाय सञ्चालन गरी ३ दिनसम्म विरोध जनाएका थिए । 

धनतेरस पर्वको पूर्वसन्ध्यामा प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाको आधारमा छापा मारेको थियो । छापाको क्रममा एक पसलबाट प्रहरीले ७ किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरू प्रतिवादमा उत्रिएका थिए ।

प्रहरीले छापाको नाममा चाँदी लुटेको आरोप लगाएर व्यापारीहरू प्रतिवाद गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सोही क्रममा प्रहरीको कुटाइबाट जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर