२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

पार्टी छाड्ने निर्णय पुनर्विचार गर्न जनार्दनलाई प्रचण्डको आग्रह

shivam cement
२०८२ कार्तिक १८ गते १७:४५
Shares
पार्टी छाड्ने निर्णय पुनर्विचार गर्न जनार्दनलाई प्रचण्डको आग्रह

काठमाडौं : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै पार्टी त्याग गरेका नेता जनार्दन शर्मालाई पुनर्विचार गर्न आग्रह गरेका छन् ।

मंगलबार कमलादीस्थित प्रज्ञाभवनमा बसेको माओवादी केन्द्रको विघटित केन्द्रीय समिति र महाधिवेशन आयोजक समितिको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले शर्मालाई ‘मुलघरमा फर्किन’ आह्वान गरे ।

‘जनार्दनजी, अझै पनि सोच्नुस्, फर्किनुस्,’ प्रचण्डले भने, ‘आज नभए भोलि, पर्सि भए पनि तपाईं फर्कनुहुन्छ र फर्किन बाध्य हुनुहुनेछ ।’

बैठकमा सहभागी नेताहरूका अनुसार प्रचण्डले शर्मालाई पार्टीबाट कहिल्यै निकालिएको नभएको स्पष्ट पार्दै, ‘तपाईंलाई हामीले लखेटेका होइनौं, तपाईं आफैं बैठकमा आउनुभएन’ भनेर भनेका थिए ।

प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकले नेकपा एकीकृत समाजवादीलगायत आठ वामदलसँग एकता गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । एकता पछि नयाँ दलको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने सहमति पनि बैठकले गरेको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर