
काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर दुई लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको मूल्य दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी २५ रुपैयाँले घटेर तोलामा दुई हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तीन हजार १५ रुपैयाँ कारोबार भएको थियो ।