
काठमाडौं : पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नवगठित नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी भएका छन् ।
नयाँ पार्टी खोल्ने घोषणा गरेका पूर्वप्रधानमन्त्री खनाल पनि सो कार्यक्रममा सहभागी भएका हुन् । यसअघि आज बिहानै उनले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट गरेका थिए ।
खनालले समाजवादी कार्यक्रममा जानुपर्ने लगायतका ४ सर्त पूरा गरे एमालेमा फर्कने धारणा राख्दै आएका छन् । सम्मेलनमा दाहाल, माधवकुमार नेपालसहितको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जन समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी, माओवादी कम्युनिष्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा लगायतका १० वटा कम्युनिष्ट पार्टीका नेताहरु सहभागी भएका छन् ।