२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन

Nada
२०८२ कार्तिक १९ गते १६:२८
Shares
नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन

काठमाडौं : नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल 'प्रचण्ड' चयन भएका छन् ।

बुधबार काठमाडौंमा आयोजना गरेको सो पार्टीको एकता राष्ट्रिय सम्मेलनले सो प्रस्ताव पारित गरेको हो ।

प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष थिए । त्यसैगरी सम्मेलनले सहसंयोजकमा माधवकुमार नेपाललाई चयन गरेको छ ।

प्रचण्डलाई संयोजक र नेपालाई सहसंयोजक चयन गर्न नेता महिन्द्रराय यादवले सम्मेलनमा प्रस्ताव गरेका थिए । सो प्रस्ताव पारित भएको हो । सम्मेलनले पार्टीको आन्तरिक विधान र घोषणा पत्र पनि पारित गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर