२०८३ मंसिर १२ गते शनिवार / Nov 28 , 2026 , Saturday
२०८३ मंसिर १२ गते शनिवार

ममताको न्याय गाथा

Nada
कुशुम तिवारी पाठक
२०८३ मंसिर १२ गते ०६:०५
Shares
ममताको न्याय गाथा

सिन्धुपाल्चोकको काखैबाट उडेकी ती परी ।
अमेरिकाको भूमि पुगी नर्स बनी मन भारी ।।
सपनाको सुन्दर सहरमा उज्यालो सजाउंदा ।
घरायसी हिंसाको हुरी चल्यो आफ्नै आगनमा ।।
रगतका ति डामहरुले दाजुलाई गुहार मागेकी ।
पीडाका ति पत्रहरुमा न्यायको आस सांचेकी ।।
२०८१ को पौष १५ कालो बनेर जब आयो ।
क्रुर पति नरेश भट्टले कु्ररताको सीमा नाघ्यो ।।
पशुझै शरीर टुक्रा पारेर फाल्यो ट्रयास क्यानमा ।
झुटो नाटक रच्यो उसले मानवता लजाउने काममा ।।
तर बांचेका छौं कति काल, जिन्दगी यो कस्तो जाल, 
देवकोटाको वाणी झै बग्छ यहां सत्यको महाझर ।
अमर हुन ममता  तिम्रा यी कथा र यी लहर ।।
आमा र दाजुको आंशुले दुइ वर्ष संघर्ष गर्यो ।
अदालतको ढोका ढक्ढकाउदै न्यायको दियो बाल्यो ।।
२०८३ को तिहारमा ऐतिहासिक निर्णय  सुनाईयो ।
नरेश भट्ट दोषी ठहरिदा न्यायको उज्यालो छायो ।।
शरीर मरे पनि ममता तिमी अमर भएकी छौ ।
रैछन देशै भरी हाम्रा भनी प्राणमा छाईरहेकी छौ ।।
रहरुन् पंख र लहर झै राष्ट्रियताको ढोका उघारी ।
नपरोस कोही चेली लाई कहिल्यै यसरी रोइ मारी ।।
इज्जत भन्दा ठुलो हुन्छ छोरी चेलीको ज्यान र प्राण ।
खोक्रो आडम्बर त्यागी बचांउ है राष्ट्रको सान ।।
महाकवि देवकोटाको त्यो क्रान्ति र चेतना जाग्दै ।
ममताको यो बलिदान बाट नयां युगको मुटु माग्दै ।।

laxmi recruitement

सम्बन्धित खबर