
तिहार
घरघरमा दीप बनेर आउॅछ, देउसीभैलो गुञ्जिएर,
धनदेवीको स्वागतमा ।
तर ‘।
विडम्बना १
त्यही उज्यालो पर्व
जुवाको आगोले
समाजको,टोलको,देशको
विवेक जलाईरहेकोछ ।
जहाँ दीप झलमल्ल हुनुपर्ने,
त्यहाँ दाउ बल्छस
जहाँ खुशी बाँडिनुपर्ने,
त्यहाँ घर उजाडिन्छ।
जहाँ हाँसो गुञ्जिनुपर्ने,
त्यहाँ ऋण, कलह,अपहरण,हत्या र आँसुको प्रतिध्वनि गुन्जिरन्छ।
जुवा मनोरञ्ज होईन
यो त ‘।
मनोरञ्ज आवरणमा
लुकेको व्यसन हो,
विश्वासको घरमा
सल्किएको आगो हो।
यसले धन मात्र लुट्दैन,
विवेक खोस्छ,
सम्बन्ध चुँडाउँछ
र भविष्यलाई
अन्धकारको दलदलमा धकेल्छ।
महाभारतको जुवाले
पाण्डलाई वनवास पठायो ।
इतिहास साक्षी छ १
युधिष्ठिर अनि नलको
जुवाको ईतिहॅासले
विवेकशिलको विवेकमा
कसरी किर्को लाग्छ भन्ने प्रमाण दिन्छ ।
जब विवेक हार्छ,
तब जितेको दाउले पनि
जीवन जिताउँदैन।
यहॅा प्रश्न छ
दशैँमा देवीको
आराधना गर्ने हात
जुवाको खालमा किन पुग्छन् रु तिहार लक्ष्मीको
पूजा गर्ने मन
धनको विनाशमा
किन रमाउँछ रु
लक्ष्मीको स्वागत गर्ने पर्वमा घरको सुखसम्पत्ति नै
दाउमा लगाउनु
कस्तो विडम्बना किन रु
त्यसैले यसपालि
एउटा नयाँ
सङ्कल्प गरौँ १
जुवाको खाललाई
समाजबाट बिदा गरौँ।
जुवाको पासा होइन,
सद्बुद्धिको दीप घुमाऔँ। हारजितको दाउ होइन,
प्रेम र सद्भावको
सम्बन्ध गाँसौँ।
धनको बाजी होइन,
सन्तानको भविष्यमा
लगानी गरौँ।
दशैँमा टीकासँगै
विवेकको आशीर्वाद लिऔँ, तिहारमा दीपसँगै
चेतनाको ज्योति बालौँ।
जुवाको खालमा होइन,
कर्मको मैदानमा
प्रतिस्पर्धा गरौँ।
छल भ्रष्टाचार अनि अधर्मको पासा होइन,
सत्यको बाटो रोजौँ।
किनकि
पर्वको महानता
जुवामा जितेको
धनमा होइन,
परिवार सँगै
बाँडेको खुसीमा हुन्छ।
अहिको तिहारमा
एउटै प्रण होस् १
जुवाको अन्त्य,
संस्कारको आरम्भ।
व्यसनको विसर्जन,
विवेकको जागरण।
अन्धकारको दहन,
सद्भावको प्रज्वलन।
दीपावलीको दीप
घरमा मात्र होइन,
हरेक मनमा बलोस्।
जुवाको खाल
सधैँका लागि बन्द होस्,
हाम्रो समाज सत्कर्मको उज्यालोतर्फ अघि बढोस्।
( क्यालिफोर्निया