२०८३ कार्तिक २४ गते मङ्गलवार / Nov 10 , 2026 , Tuesday
२०८३ कार्तिक २४ गते मङ्गलवार

कलियुग

Nada
निरुपम श्रेष्ठ
२०८३ कार्तिक २४ गते ०९:०३
Shares
कलियुग

समय बौलाइरहेछ!

यहाँ जे पनि हुन सक्छ

कालो सेतो हुन सक्छ, सेतो कालो!

असम्भव प्रायः केही छैन

यो कलियुग हो।


​एक जोर आँखाका

उत्पट्याङ र डुलुवाझैँ डुली हिँड्ने चेतनाहरुले

फक्रीनै नपाएको मुनालाई 

निर्मम लुछ्न खोज्छन् - बीभत्स !

मान्छे हुन सक्छ राक्षस

यो कलियुग हो।


​तपाईं देख्न सक्नुहुन्छ-

गाउँ-सहरमा पशु समान मान्छेहरू 

बाँधिएको दाम्लो चुँडाएर डकार्छन्

रक्तामे पार्दै समृद्धिको बाली नास गरिदिन्छन् 

किनकि तिनीहरु उन्मुक्त साँढे बनेका छन्

यो कलियुग हो।


​गोरु गाई हुन सक्छन् , गाई गोरु!

लोभी आकांक्षा पलाएर

प्रकृतिविरुद्ध उभिन सक्छन् ।

सबथोक चल्छ यहाँ — अपाच्य!

यसैको हिलोमा रस-राग पोखिरहेछ

यो कलियुग हो।


​भत्किएको छ सभ्यता

काटिएको छ यलम्बरको जिब्रो

चुँडिएको छ मानदेवको काँध

आत्महत्या गरेका छन् अंशुवर्माले!

जहाँ मठ-मन्दिरमा देवताहरूको वास छैन

यो कलियुग हो।


​चरम आनन्दको रसास्वादनले

मान्छेहरू पशुका छाला ओढिरहेका  छन् 

छोराछोरी आफ्नो दायित्व बिर्सिरहेका छन् 

आमाहरू मातृत्व भुलेर बिलासितामा हराएका छन् 

बाबुहरू फेरि समयका क्रूर शासक बनेका छन् 

किनकि जङ्गलमा कुनै कानुन छैन 

यो कलियुग हो।


​शक्तिको धुमधाम  पूजा भैरहेको छ

न्याय मारिएकको छ

योगदानको घोर अनादर छ

माया हास्यास्पद बनेको छ

पैसाको तराजुमा निष्ठा लिमाम भईरहेको छ

किनकि यहाँ पशुहरूनै  साम्राज्य छ 

जहाँ मान्छेका खप्पर छैन 

यो कलियुग हो!

laxmi recruitement

सम्बन्धित खबर