
बलेका छन् दियाहरू, रमाएका जियाहरू,
स्नेहले दीप बाल्दछन्, अवधका धियाहरू। ॥१॥
नेपालगन्जका गल्ली, गाउँ-बस्ती र टोलमा,
तिहार हाँसिरहेछ, अवधी मीठो बोलमा। ॥२॥
बले बँनकस आज, 'हडा हाडवाई'को राप,
उज्यालोले मेटाउँछ, मनको अँध्यारो, ताप। ॥३॥
पड्किन्छन् रङ्गी पटाका, लड्डु र पेडाको स्वाद,
बढाउँछ यो पर्वले, आत्मीयता र संवाद। ॥४॥
सजिएका भूर्की-चुरा, कोसेली यो कति राम्रो,
भाइटीका, भैयादूज, एउटै संस्कृति हाम्रो। ॥५॥
गुञ्जन्छन् दियारी गीत, देउसी-भैलोको स्वर,
बाँध्दछ प्रीतको त्यान्द्रो, जोड्दछ हरेक घर। ॥६॥
सेलरोटीसँग हाँस्छ, खील-बतासाको थाल,
सद्भावको यो पिरती, बन्छ एकताको ढाल। ॥७॥
एउटै माटो छ हाम्रो, एउटै मुटुको धड्कन,
तिहार र अवधको, यही हो साझा आँगन। ॥८॥