२०८३ कार्तिक २४ गते मङ्गलवार / Nov 10 , 2026 , Tuesday
२०८३ कार्तिक २४ गते मङ्गलवार

जिन्दगी यात्रा

Nada
डा. हरिप्रसाद तिमिल्सिना
२०८३ कार्तिक २४ गते १४:०५
Shares
जिन्दगी यात्रा

यात्रा जिन्दगी हो बग्ने पानी जस्तै निरन्तर ।
समुद्री छाल जस्तै हुन सुखदुख निरन्तर ।।
हरियो जिन्दगी खोज्दै बिर्सँदै दुखका क्षण ।।।
समुद्री छालमा भेटेँ मैले सुन्दर जीवन ।।१।।

जिन्दगी सजिलै बित्ने रैछ जाने बिताउन ।
दिई सम्पूर्णता हामी सक्छौँ दिव्य बनाउन ।।
सुख खोज्दै तिमी गर्छौ दुख मात्रै निरन्तर ।।।
बिताई दुखमा देह खोजेको सुख मिल्छ र !!२!!

निलो समुद्रको छाल सूर्यको उदयोत्सव ।
मोती टिप्दै किनारामा प्रकृतिसँग खेल्दछ ।।
सबै बिर्सेर मान्छेले प्युँछ सौन्दर्यको रस ।।।
एकै क्षण बसे मात्र अनन्त सुख मिल्दछ ।।३।।

तारा टिप्न तिमी खोज्छौ सक्नेमात्र तिमी गर ।
ससाना सुखमा भेट्छौ जीवनानन्द सुन्दर ।।
श्रद्धा वात्सल्य पोखेर बनाऊ घरमन्दिर ।।।
परिवारसँगै हाँसौँ सुख अर्को कतै छ र !!४!!

जित्ने इच्छा अरूलाई अकुत धनलालसा ।
यिनैले ल्याउँछन् नित्य मान्छेमा दुख औ दशा ।।
मिल्छ स्वर्गीय आनन्द बागमा वनकुञ्जमा ।।।
उज्यालो मनमा खुल्छन् सुखका कण दिन्दिन ।।५।।

laxmi recruitement

सम्बन्धित खबर