२०८३ कार्तिक २४ गते मङ्गलवार / Nov 10 , 2026 , Tuesday
२०८३ कार्तिक २४ गते मङ्गलवार

सपनाको संसार

Nada
मीना बराल
२०८३ कार्तिक २४ गते १८:०५
Shares
सपनाको संसार

तिमी उड्यौ
सपनाको संसार नियाल्न
आमा, बा, घरद्वार
र
मातृभूमिलाई छोडेर,
चरा उडेझैं
सात समुद्रपारि
भौतिक सुखसुविधामा रमाउन
हाम्रा पनि त
रहर थिए नि !
तिम्रो सामीप्यमा बस्ने
दुखसुख बाँड्ने
तर
ख्यालै गरेनौ
हाम्रा रहर र इच्छाको,
कोसिस गरेनौ
मनका भावना बुझ्ने,
तिम्रा इच्छा चाहनाका अगाडि
हामीले हाम्रा इच्छा चाहनालाई
भित्रै दबाएर राख्यौँ ।
तिमी जन्मेदेखि आजसम्म
यसरी नै
सधैँ सधैँ मनका चाहना दबाउन
हामी त बानी परिसकेका छौँ,
बानी ।
तर
तिमी
आप्mना मनका चाहना कहिल्यै नमार्नू
भोग्नेहरू भन्ने गर्छन्–
त्यो सपनाको संसार
टाढाबाट हेर्दा राम्रो
खाँदा तितो
हामी कामना गर्छौँ–
तिम्रो जीवनमा
त्यो सपनाको संसार
हेर्दा राम्रो
र
खाँदा मिठो बनोस्,
तिम्रो जीवन
सुख र समृद्धिले भरियोस्,
यही छ कामना ।
हामी सधैँ रहिरहने छौँ
तिम्रा इच्छा चाहना पूरा गर्न
सधैँ स्वस्थ जीवनको
कामना गर्न
सतिसाल झैं,

laxmi recruitement

सम्बन्धित खबर