२०८३ मंसिर १ गते मङ्गलवार / Nov 17 , 2026 , Tuesday
२०८३ मंसिर १ गते मङ्गलवार

शेख हसिनाको गृहनगर गोपालगञ्जमा सीमा सुरक्षा बलका १० प्लाटुन परिचालन

Nada
२०८३ कार्तिक ३० गते १८:५९
Shares
शेख हसिनाको गृहनगर गोपालगञ्जमा सीमा सुरक्षा बलका १० प्लाटुन परिचालन

काठमाडौँ : बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सीमा सुरक्षा बल (बीजीबी) का १० प्लाटुन परिचालन गरेको छ । 

निगरानीका लागि ड्रोन र सुरक्षाकर्मीले शरीरमा लगाउने क्यामेरा प्रयोग गरिएको छ । सम्भावित दंगा नियन्त्रणका लागि सशस्त्र सवारीसाधन पनि तैनाथ गरिएको राससले एएनआईलाई उद्धृत गर्दै जनाएको छ ।

हसिनाले डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा उनको दल अवामी लिगका समर्थक सक्रिय भएका छन् । प्रतिबन्धित उक्त दलका समर्थकले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको समाचारमा उल्लेख छ ।

बंगलादेशका कानुनमन्त्री मो. असदुज्जमानले हसिनालाई प्रत्यर्पण सन्धिअन्तर्गत कानुनी प्रक्रिया पूरा गरेर स्वदेश फर्काइने बताएका छन् । फैसलाविरुद्ध पुनरावेदन गर्न दिइएको ३० दिने समयसीमा सकिएपछि हसिनासँग कानुनी विकल्प सीमित हुने उनको भनाइ छ ।

सन् २०२४ को जुलाईमा भएको विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा दोषी ठहर भएकी हसिनालाई सन् २०२५ नोभेम्बर १७ मा मृत्युदण्ड सुनाइएको थियो । फैसलाको पूर्णपाठ सन् २०२६ जनवरी १३ मा प्रकाशित भएको थियो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर