२०८३ कार्तिक २६ गते बिहिवार / Nov 12 , 2026 , Thursday
२०८३ कार्तिक २६ गते बिहिवार

मलेसियाली पूर्वप्रधानमन्त्री नजिब रजाक घरबाटै जेल सजाय पूरा गर्न आफ्नै घर फर्किए

Nada
तिलोचन गौतम
२०८३ कार्तिक २६ गते ०९:१५
Shares
मलेसियाली पूर्वप्रधानमन्त्री नजिब रजाक घरबाटै जेल सजाय पूरा गर्न आफ्नै घर फर्किए

मलेसिया : मलेसियाका पूर्वप्रधानमन्त्री दातुक सेरी नजिब रजाक आफ्नो बाँकी जेल सजाय घरमै बसेर भुक्तान गर्न क्वालालम्पुरस्थित तामान दुताको निवास पुगेका छन् ।

एसआरसी इन्टरनेसनल भ्रष्टाचार प्रकरणमा जेल सजाय भोगिरहेका नजिबलाई बाँकी सजाय आफ्नै निवासमा बसेर पूरा गर्न उच्च अदालतले मंगलबार नयाँ आदेश जारी गरेपछि उनी घर पुगेका हुन् ।

उच्च अदालतको आदेशअनुसार नजिबले सन् २०२८ अगस्ट २३ सम्म आफ्नो बाँकी सजाय जलन लङ्गाक दुता‍स्थित निवासमै बसेर भुक्तान गर्न पाउनेछन् ।

उनी मंगलबार राति करिब ९:२५ बजे चाँदी रङको एसयूभी गाडीमा आफ्नो निवास पुगेका थिए । सुरक्षाकर्मी बोकेको अनुमान गरिएका अन्य केही गाडीको लस्करसहित उनलाई निवासको परिसरभित्र प्रवेश गराइएको थियो । त्यसबेला सञ्चारकर्मीहरू घरबाहिर प्रतीक्षारत थिए ।

नजिबको आगमनको प्रतीक्षामा साँझ ५ बजेदेखि नै त्यहाँ भेला भएका उनका केही समर्थकले गाडी निवासभित्र प्रवेश गर्दा पटक–पटक ‘हिदुप बोस्कु’ (बोस्कु अमर रहून्) भन्दै नाराबाजी गरेका थिए ।

यसअघि मंगलबार दिउँसो उच्च अदालतका न्यायाधीश दातुक अस्लाम जैनुद्दिनले नजिबका कानुन व्यवसायी तथा सरकारी उपअभियोजकहरूको बहस सुनेपछि अदालतका रजिस्ट्रारलाई नयाँ रिहाइ आदेश जारी गर्न निर्देशन दिएका थिए ।

न्यायाधीश अस्लामका अनुसार नयाँ आदेशले नोभेम्बर ५ मा जारी गरिएको पुरानो आदेशलाई रद्द गर्दै त्यसको स्थानमा नजिबलाई बाँकी जेल सजाय आफ्नै निवासमा बसेर भुक्तान गर्न अनुमति दिने व्यवस्था गरेको छ । अदालत को निर्नय पस्चात असन्तुष्टि स्वरुप यातायात मन्त्री एन्थनी लोकलेद्वारा राजीनामा आएको र गृह मन्त्रालयले समेत अदालतले स्पष्ट पार्नुपर्ने बताउँदै आएको छ । 

यससँगै पूर्वप्रधानमन्त्री नजिब रजाकले एसआरसी इन्टरनेसनल प्रकरणमा पाएको बाँकी सजाय अब जेलबाहिर आफ्नै निवासमा बसेर पूरा गर्ने भएका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर