२०८३ कार्तिक २१ गते शनिवार / Nov 07 , 2026 , Saturday
२०८३ कार्तिक २१ गते शनिवार

रुस-युक्रेन युद्ध अन्त्य गर्न ‘ठूलो सम्झौता’ हुन सक्ने ट्रम्पको दाबी

Nada
२०८३ कार्तिक २१ गते १३:५१
Shares
रुस-युक्रेन युद्ध अन्त्य गर्न ‘ठूलो सम्झौता’ हुन सक्ने ट्रम्पको दाबी

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न चाँडै नै ठूलो सम्झौता हुन सक्ने दाबी गरेका छन् । उनले उक्त सम्झौतामा युक्रेनबाहेक युरोपका अन्य देशहरू पनि सहभागी हुन सक्ने बताएका हुन् ।  बिहीवार ह्वाइट हाउसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग भेटवार्ता गरेपछि ट्रम्पले यस्तो बताए। ट्रम्पले रुस–युक्रेन युद्ध समाधानको नजिक पुगेको उल्लेख गर्दै सम्झौता निकै ठूलो हुने र यसले युरोपलाई समेत समेट्न सक्ने बताए । यद्यपि, ट्रम्पले प्रस्तावित सम्झौतामा के–कस्ता विषय समेटिनेछन्, कुन–कुन देश सहभागी हुनेछन् र रुस तथा युक्रेनले कस्ता सहमति वा त्याग गर्नुपर्नेछ भन्नेबारे विस्तृत खुलाएका छैनन् ।

 उनले बिहीवार वासिङ्टन पुगेका युक्रेनी प्रतिनिधिहरूसँग भने आफूले भेट नगरेको पनि स्वीकार गरे। यसैबीच, ट्रम्पकी पत्नी मेलानियाले आयोजना गरेको ह्वाइट हाउसको एक कार्यक्रममा दिमित्रीभ र युक्रेनी अधिकारीहरू सहभागी भएका थिए । रुसको नियन्त्रणमा रहेको युक्रेनी शहर ओलेश्कीमा ६ दिनसम्म युद्धविराम गराउन भुमिका खेलेको भन्दै मेलानियाको योगदानको सम्मानमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त युद्धविरामका कारण सयौँ सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सम्भव भएको जनाइएको छ । 

ट्रम्प र दिमित्रीभबीच भएको छुट्टै भेटवार्ताले युक्रेनको प्रत्यक्ष सहभागिताबिना नै अमेरिका र रुसबीच युरोपको व्यापक सुरक्षा व्यवस्थाबारे छलफल भइरहेको हुन सक्ने आशंका जन्माएको द वासिङ्टन पोस्टले जनाएको छ । यसै दिन ट्रम्पका विशेष दूत तथा ज्वाइँ जारेड कुश्नरले बेल्जियमको ब्रसेल्समा युक्रेनी, नेटो तथा युरोपेली अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

 उक्त छलफलमा युक्रेनका लागि सुरक्षा प्रत्याभूति र युरोपको समग्र सुरक्षा संरचनाबारे कुराकानी भएको समाचारमा उल्लेख छ । यो घटनाक्रम आगामी नोभेम्बर १० र ११ मा संयुक्त अरब इमिरेट्सको अबुधाबीमा हुने अमेरिका मध्यस्थतासहितको रुस–युक्रेन वार्ताको पूर्वसन्ध्यामा आएको हो । कुटनीतिक प्रयास पुनः तिब्र भएपनि भूभागको नियन्त्रण र सुरक्षा प्रत्याभूतिजस्ता मुख्य विषयमा रुस र युक्रेनबीच मतभेद कायमै छ । यसबीच दुवै पक्षबाट हवाई तथा ड्रोन आक्रमणसमेत जारी रहेकाले युद्ध अन्त्यको सम्भावना अझै अनिश्चित देखिएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर