२०८३ मंसिर १ गते मङ्गलवार / Nov 17 , 2026 , Tuesday
२०८३ मंसिर १ गते मङ्गलवार

स्थानीय निर्वाचनमा एमाले पहिलो र रास्वपा चौथो पार्टी बन्छ : महेश बस्नेत

Nada
२०८३ कार्तिक ३० गते १८:१९
Shares
स्थानीय निर्वाचनमा एमाले पहिलो र रास्वपा चौथो पार्टी बन्छ : महेश बस्नेत

काठमाडौं :नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् । उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो स्थानमा रहनेछ ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले पार्टीले गरेको आन्तरिक सर्वेक्षणले एमाले पहिलो स्थानमा रहने देखाएको जानकारी दिए । उनले नेपाली कांग्रेस दोस्रो र नेकपा तेस्रो स्थानमा रहने अनुमानसमेत प्रस्तुत गरे ।

यसैबीच, बस्नेतले वालेन्द्र शाह नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसके एमालेले सदन र सडक दुवै माध्यमबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सरकारको कार्यशैलीमा सुधार ल्याउन एमालेले दबाब दिने बताउँदै उनले त्यसो हुन नसके जनताले अन्य विकल्प रोज्न सक्ने धारणा राखे ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर