२०८३ मंसिर १ गते मङ्गलवार / Nov 17 , 2026 , Tuesday
२०८३ मंसिर १ गते मङ्गलवार

एमालेको राष्ट्रिय भेलामा ३ हजार ४१४ जना सहभागी हुने, वरिष्ठ नेता भण्डारीको विशेष सम्बोधन

स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने, सहभागीबाट लिखित सुझाव अनिवार्य

Nada
२०८३ कार्तिक ३० गते १५:३१
Shares
एमालेको राष्ट्रिय भेलामा ३ हजार ४१४ जना सहभागी हुने, वरिष्ठ नेता भण्डारीको विशेष सम्बोधन

काठमाडौं : नेकपा एमालेको राष्ट्रिय भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहका नेता तथा जनप्रतिनिधिसम्म गरी ३ हजार ४१४ जना सहभागी हुने भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख नीरज आचार्यले भेलाको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनको तयारी गर्नु रहेको बताए ।

उनका अनुसार निर्वाचनको व्यवस्थित पूर्वतयारी, पार्टीका निर्णय र राजनीतिक दृष्टिकोणमा एकरूपता कायम गर्दै वैचारिक तथा सङ्गठनात्मक एकता मजबुत बनाउनु भेलाको उद्देश्य छ । साथै, मुलुकमा देखिएको कुशासन र निराशालाई चिर्दै नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य पनि राखिएको छ ।

भेलामा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशासहित वैचारिक तथा राजनीतिक मार्गदर्शन प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यस्तै, वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक विषय र पार्टीको कार्यभारबारे विशेष सम्बोधन गर्नेछिन् ।

भेलामा उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभारा, अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका काम र उपलब्धिको समीक्षा तथा महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्नेछन् ।

प्रचार विभाग प्रमुख आचार्यका अनुसार भेलामा सहभागी सबैले स्थानीय तह निर्वाचन केन्द्रित सुझाव अनिवार्य रूपमा लिखित रूपमा पेस गर्नुपर्नेछ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर