
काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् ।
शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रदेशमा राजनीतिक स्थिरता कायम गर्न र नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताएका हुन् ।
सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको यादव नेतृत्वको सरकार नेपाली कम्युनिस्ट पार्टीसमेत बाहिरिएपछि थप संकटमा परेको थियो ।
अब प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।