२०८३ कार्तिक २९ गते आइतवार / Nov 15 , 2026 , Sunday
२०८३ कार्तिक २९ गते आइतवार

एनपिएल : प्लेअफ पुग्ने चारै टोलीको टुंगो

Nada
२०८३ कार्तिक २८ गते २१:१७
Shares
एनपिएल : प्लेअफ पुग्ने चारै टोलीको टुंगो

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफमा पुग्ने चार वटै टोलीको टुंगो लागेको छ । शनिबार लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई पराजित गरेसँगै प्लेअफ पुग्ने सबै टोलीको टुंगो लागेको हो ।

प्लेअफमा लुम्बिनीसँगै सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोज पुगेका छन् । विराटनगर, कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । विराटनगरविरुद्धको जितसँगै लुम्बिनी शीर्ष स्थानमा रहने पक्का भएको छ ।

लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिम ७ खेलबाट १० अंकसहित दोस्रो, काठमाडौं ५ खेलबाट ८ अंकसहित तेस्रो र चितवन ६ खेलबाट ७ अंकसहित चौथो स्थानमा छ । लिग चरणको ७ वटै खेल खेलिसकेको विराटनगर भने यो हारपछि ६ अंकसहित पाँचौं स्थानमै सीमित रह्यो ।

लुम्बिनीले विराटनगरलाई ४ विकेटले पराजित गरेको हो । विराटनगरले दिएको १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले ३८ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए । आसिफ शेखले पनि ४१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४५ रन नै बनाए ।

सन्दीप जोराले ११ बलमा ३ छक्का र १ चौकाको सहयोगमा अविजित २५ रन जोड्दा अली शेखले १९ बलमा २ छक्का र १ चौकाको सहयोगमा २७ रन बनाए ।

निरोशन डिकवेला र दिलिप नाथ शून्य रनमा आउट भए भने कप्तान रोहितकुमार पौडेल ९ रन बनाएर रनआउट भए ।

बलिङमा विराटनगरका लागि अपराजित पौडेलले २ र चरित असलंका र रुपेश सिंहले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले चरिथ असलंकाको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

विराटनगरका लागि असलंकाले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ६४ रन बनाए । शुभम रन्जानेले २४ बल खेल्दै ४ चौका सहयोगमा अविजित ३१ रन बनाए ।

ओपनर इमरान शेख २४ रन बनाएर रिटायर्ट हर्ट भए । अर्का ओपनर लोकेश बमले १७ बलमा १५ रन जोडे । सेहान जयासूर्या १ र इसुरु उडाना ६ रनमा आउट भए ।

बलिङमा लुम्बिनीका लागि किशोर महतो, रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले १–१ विकेट लिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर