२०८३ कार्तिक २९ गते आइतवार / Nov 15 , 2026 , Sunday
२०८३ कार्तिक २९ गते आइतवार

देउवा समूहको सुदूरपश्चिम अधिवेशन मंसिर १५ र १६ गते धनगढीमा

Nada
२०८३ कार्तिक २८ गते १५:४८
Shares
देउवा समूहको सुदूरपश्चिम अधिवेशन मंसिर १५ र १६ गते धनगढीमा

काठमाडौँ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले मंसिर १५ र १६ गते कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश अधिवेशन गर्ने भएको छ ।

काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले शनिबार जारी गरेको विज्ञप्तिअनुसार अधिवेशन धनगढीस्थित सौराइ स्क्वायरमा हुनेछ ।

विज्ञप्तिमा सुदूरपश्चिमका नौवटै जिल्लाका सबै वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन सम्पन्न भएको उल्लेख छ ।

देउवा समूहले केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने जनाएको छ । समूहले त्यसका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५औँ नियमित महाधिवेशन तयारी समिति’ गठन गरेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर