२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

कांग्रेस संस्थापन इतर पक्षका नेताहरुको अडानः १४औं महाधिवेशनको नेतृत्वलाई मानेर अघि बढ्छौँ

Nada
२०८२ चैत १८ गते १५:५१
Shares
कांग्रेस संस्थापन इतर पक्षका नेताहरुको अडानः १४औं महाधिवेशनको नेतृत्वलाई मानेर अघि बढ्छौँ

काठमाडौंः नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेताहरुले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई मान्यता दिएर मात्रै आफूहरु नियमित महाधिवेशनमा जान सक्ने अडान राखेका छन् ।

बुधवार आफू पक्षका नेताहरुको भेलामा सहभागी भएका नेताहरु गुरु बराल, डा. रणबहादुर रावललगायतका नेताहरुले विधि र विधान सम्मत ढंगले निर्वाचित सो केन्द्रीय कार्य समितिलाई वैधानिकता दिएर आफूहरु नियमित महाधिवेशनमा जाने पक्षमा रहेको प्रष्ट्याएका हुन् । नेताहरुले पार्टीको आधिकारिताको विषयमा सर्वोच्च अदालतमा रहेको मुद्दाको फैसला पछि आफूहरु १५औं महाधिवेशनको तयारीमा जुटने र त्यसमा कांग्रेसका सबै समूहहरु सहभागी हुनुपर्ने जिकिर समेत गरेका छन् । नेता बरालले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई विधिवत रुपमा मानेर आफूहरु १५औं महाधिवेशनको तयारीमा लाग्ने अडानमा रहेको स्पष्ट पारे । 

अर्का नेता डा. रावलले तत्कालीन महामन्त्री गगन थापाको समूहले भेला भएर बनेको केन्द्रीय कार्य समिति वैधानिक नभएकाले मान्य नहुने जिकिर गरे । उनले १४ औ महाधिवेशनको नेतृत्वलाई मानेर आफूहरु १५औं महाधिवेशनको तयारीमा रहेको पनि बताए । यता, संस्थापन पक्षले भने नियमित महाधिवेशनको तयारी थालिसकेको छ । 

सम्बन्धित खबर