
काठमाडौं : नयाँ पत्रिका दैनिक र दियो पोस्टको कार्यालयमा पनि प्रहरी पुगेको छ ।
अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै ५ जना प्रहरी सादा पोशाकमा नयाँ पत्रिका र दियो पोस्टको कार्यालयमा पुगेका हुन् ।
नयाँ पत्रिकामा पत्रकार नवराज मैनालीलाई खोज्दै सादा पोशाकका प्रहरी पुगेका हुन् ।
दियो पोस्टका सम्पादक सुदीप विश्वकर्मालाई खोज्दै प्रहरी दियो पोस्टको कार्यालयमा पनि पुगेको हो ।
यसअघि आजै नेपाल प्रेसमा कार्यरत विश्वमणि सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।