
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पक्राउ गरिएका पत्रकारलाई रिहा गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री शाहकी सञ्चार तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्रीले सम्बन्धित निकायलाई सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पक्राउ गरिएका पत्रकारलाई रिहा गर्न निर्देशन दिएका हुन् ।
दाहालले पत्रकार पक्राउको घटनामा प्रधानमन्त्री र उनको सचिवालय तथा कार्यालयको संलग्नता नरहेको र पूर्वजानकारी समेत नरहेको दाबी गरेकी छन् ।