
काठमाडौं : नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघको अध्यक्षका लागि ४ जना व्यवसायीले आकांक्षा देखाएका छन् । महासंघको १०औं साधारणसभा शनिबार हुँदै छ ।
महासंघको निवर्तमान र पूर्व नेतृत्व सहमतिमा जानुपर्ने पक्षमा रहेकाले प्यानल बनाउन चाहेका व्यवसायीहरू खुलेर प्रचारप्रसारमा लागेका छैनन् । हालसम्म विष्णु गोपाल गड्तौला, सन्तोष मादेन, लक्ष्मी लामिछाने र प्रेम बास्तोलाले अध्यक्षमा आकांक्षा देखाएको स्रोतको भनाइ छ ।