२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका सचिव पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८२ चैत १७ गते १७:५५
Shares
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका सचिव पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको कम्पनी सचिव राजेश पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पोख्रेलले झुटा तथा नक्कली कार्य अनुभवको प्रमाणपत्र पेस गरी सरकारी सेवाको ओहोदा प्राप्त गरेको र करोडौं बराबरको सुविधा लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको कम्पनी सचिवको योग्यता कानुन विषयमा स्नातक गरेको हुनुपर्नेमा झुटा तथा जाली कागजात पेश गरी नियुक्ति लिएको पाइएपछि मुद्दा दायर गरिएको हो ।

उक्त पदमा बहाल रही उनले १ करोड ७ लाख १ हजार ५८४ रुपैयाँ बराबरको लाभ, सुविधा लिएको अभियोगपत्रमा उल्लेख छ ।

सम्बन्धित खबर