२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : ‘छुवाछूत ऐन छ, कार्यान्वयन छैन’

Nada
२०८२ चैत ७ गते १३:४५
Shares
अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : ‘छुवाछूत ऐन छ, कार्यान्वयन छैन’

काठमाडौँ : आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक र समान अधिकारका लागि एकीकृत दलित आन्दोलन, समाजवादको आधार निर्माणको लागि संविधान संशोधन’ देशका विभिन्न भागमा विविध कार्यक्रम गरी मनाइँदै छ । 

ncell

आज साँझ माइतीघरमण्डलमा दीप प्रज्ज्वलनको कार्यक्रम छ । त्यसैगरी आज बिहान यहाँ र्‍याली आयोजना गरिएको थियो । राष्ट्रिय दलित आयोग र दलित संघसंस्थाले आज ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी पहिचान’ शीर्षकमा छलफल पनि कार्यक्रमको आयोजना गरेको छ । 

नेपालमा दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछूत अझै कायम रहेको गुनासो दलित समुदायका अगुवाहरूले गरेका छन् ।

यसैबीच, प्रतिनिधि सभा सदस्य निर्वाचित गणेश विकले इनिषा विक प्रकरणलगायत देशका विभिन्न स्थानमा भएका घटनाको छानबिन गरी दोषीमाथि कारबाहीका लागि माग गर्दै यस्ता घटना हुन नदिने अवस्था सिर्जना गर्न निरन्तर संघर्षमा लामबद्ध हुन सम्बद्ध सबैलाई आह्वान गरेका छन् । 

सम्बन्धित खबर