२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

निःशुल्क शिविरमा १ सय ६३ जनाको आँखा परीक्षण

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत ६ गते २०:४८
Shares
निःशुल्क शिविरमा १ सय ६३ जनाको आँखा परीक्षण

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकामा एक दिवसीय निःशुल्क मोतिविन्दु शल्यक्रिया छनौट तथा आँखा शिविर शुक्रबार सम्पन्न भएको छ । बरहथवा नगरपालिका वडा नं. १ को आयोजना तथा नेपाल नेत्रज्योति संघ, गौर आँखा अस्पताल (पुरेनवा, रौतहट) को प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो ।

ncell

बरहथवा नगरपालिका वडा नं. १ स्थित हजरिया नयाँ बजारमा सञ्चालित शिविरमा स्थानीयबासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो । शिविरमा कुल १ सय ६३ जना ७७ महिला र ८६ पुरुषको आँखा परीक्षण गरिएको आयोजकले जनाए ।

शिविरको मुख्य शल्यक्रियाका लागि छनौट गरी परीक्षण गरिएकामध्ये ५३ जनामा मोतिविन्दुको समस्या देखिएकाले उनीहरूलाई निःशुल्क शल्यक्रियाका लागि छनौट गरिएको छ, आँखामा सामान्य समस्या भएका ८६ जनालाई निःशुल्क औषधि वितरण गरिएको छ,  दृष्टिदोष भएका २३ जनालाई आवश्यकता अनुसार चश्मा वितरण गरिएको थियो ।

शिविरमा नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पतालका ८ जना विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेको थियो । 

शिविरलाई सफल पार्न मदन चौधरी, राजिव यादव, सुयोग्य मगर, सत्येन्द्र पाण्डे, रामअयोध्या यादव, रामजनम यादव, विवेक कुमार सिंह र गौरीशंकर राउत लगायतको सक्रिय भूमिका रहेको थियो ।

शिविरका संयोजक सत्येन्द्र पाण्डेका अनुसार ग्रामीण क्षेत्रका विपन्न नागरिकहरूलाई घरदैलोमै गुणस्तरीय आँखा उपचार सेवा पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । छनौट भएका मोतिविन्दुका बिरामीहरूको गौर आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने समेत उनले जानकारी दिए ।

सम्बन्धित खबर