२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पर्सामा विद्यार्थीलाई पोसाक वितरण

Nada
लालबाबु बानिया
२०८२ चैत ५ गते २२:३४
Shares
पर्सामा विद्यार्थीलाई पोसाक वितरण

पर्सा : पर्साको छिपहरमाई गाउँपालिकाको सहयोगमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको छ । बिहीबार आयोजित कार्यक्रममा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष लिलावती देवी कानुले ९५ जना छात्र–छात्रालाई कोर्ट, पाइन्ट र सर्ट वितरण गरेकी हुन् ।

ncell

उक्त पोसाक वितरण कार्यक्रम श्री मंगल माध्यमिक विद्यालय भिस्वा र श्री नवगावा माध्यमिक विद्यालय चारगाहामा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो । गाउँपालिकाले दुवै विद्यालयमा पुगेर पोसाक वितरण गरेको जनाएको छ । कार्यक्रम प्रहलाद गुप्ता (विद्यालय व्यवस्थापन समिति अध्यक्ष, नवगावा मावि)को अध्यक्षतामा सम्पन्न भएको थियो । 

कार्यक्रममा समाजसेवी किशोरी साह कानु, वडाध्यक्ष महेन्द्र साह, मौजिलाल साह, सदस्य जवाहर साह, अवधेश कुशवाहा, मकसुद मियाँ, शिक्षा शाखा प्रमुख विशाल साह, नवगावा माविका प्रधानाध्यापक गगनदेव यादव, मंगल मावि भिस्वाका प्रधानाध्यापक दिनेश पटेल लगायत शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

गाउँपालिकाले विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा पोसाक उपलब्ध गराउँदै शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

सम्बन्धित खबर