२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

श्री सद्भाव युवा समाज कतारको अध्यक्षमा पुनः गुरुङ सर्वसम्मत

shivam cement
तिलु शर्मा पौडेल
२०८१ माघ २८ गते २२:१३
श्री सद्भाव युवा समाज कतारको अध्यक्षमा पुनः गुरुङ सर्वसम्मत

दोहा, कतार : श्री सद्भाव युवा समाज कतारले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सव तथा वार्षिक साधारणसभा उद्घाटन र बन्द सत्र गरी दुई चरणमा सम्पन्न भएको छ । कतारमा रहेर कतार एयरवेजमा कार्यरत नेपालीहरूको अग्रसरतामा स्थापित समाज कतारको साधरणसभाको बन्द सत्रबाट विजय गुरुङ पुन: दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

कार्यसमितिको पदाधिकारीहरूमा उपाध्यक्षमा रुस्तम तामाङ, महासचिव चित्र बहादुर गुरुङ, सचिव नवीन अर्याल, सहसचिव मनिष बोहरा,कोषाध्यक्ष हरि गुरुङ, सह-कोषाध्यक्ष राजकुमार निरौला रहेका छन् । सर्वसम्मत चयन भएको कार्यसमितिका सदस्यहरूमा दुर्गानाथ उप्रेती, रेवती खकुरेल, अमृत श्रेष्ठ, श्याम खडकाथोकी, रविन काफ्ले, टंक सापकोटा, डोलराज पौडेल र युवराज कार्की रहेका छन् ।

साधारणसभाको खुला सत्र समाजका अध्यक्ष विजय गुरुङको अध्यक्षता तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समाजका सचिव नवीन अर्यालले स्वागत मन्तव्य राख्दै समाजले गरेका कार्य प्रगति पेस गरेका थिए । समाजमा पछिल्लो कार्यसमितिबाट प्राप्त रकम बाहेक २१ हजार ४ सय १५ रियाल आम्दानी गरेको र कार्यकालभरि २१ हजार ५ सय २१ रियाल खर्च गरेको आयव्यय सह-कोषाध्यक्ष हरि गुरुङले पेस गरेका थिए । उनले पछिल्लो कार्यसमितिबाट प्राप्त केही रकम खर्चँदै समाजमा ४१ हजार ८ सय १४ रियाल बचत रहेको बताए । समाजले नेपालका विभिन्न जिल्लाका विभिन्न स्कुलमा न्यानो कपडा, किताब कापीसहित झोलाहरू समेत सहयोग गरेको छ । मानवीय सहयोग अन्तर्गत विभिन्न रोगबाट ग्रसितहरूको उपचारमा सहयोग, बाढी पहिरो पीडितलाई पाइप खरिदमा सहयोग सहित अनाथ बालबालिकाहरूका लागी 'माया घर' निर्माणका लागि पनि लाखौं सहयोग गरिएको विवरणमा उल्लेख गरेका थिए ।

साधारणसभामा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भट्टले सद्भावले एक सालमा गरेको कामको मुक्त कण्ठले प्रशंसा गरे । उनले कतारमा कहीँ कतै खादा माला लगाएर कार्यक्रममा नहिँड्ने सद्भावले गरेको कार्य विश्वमा उदाहरणीय रहेको बताएका थिए । कतारमा रहेका सीमित संघसस्थालाई निमन्त्रणा गरिएको साधारणसभामा बोल्दै तमु (गुरुङ) समाजकी अध्यक्ष टौमाया गुरुङ, नेपाली महिला समाज कतारकी अध्यक्ष माया केसीले समाजले एक सालमा गरेका कार्य प्रगतिको उच्च प्रशंसा गरेका थिए ।

तमु गुरुङ समाज कतारले मायाको कोसेली प्रदान गरेको थियो भने समाजले प्रमुख अतिथि भट्टलाई सम्मान पत्रले, गुरुङ र केसीलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । साधारण सभामा गायक रुस्तम तामाङ, नृत्यांगना सृष्टि लामा र सान्ती वलीले लगायतका कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए भने साहित्यकार विनोद अधिकारीले आफ्ना रचना वाचन गरेका थिए । कलाकार र साहित्यकारलाई नगद सहित सम्मान गरिएको थियो भने लोकप्रिय समाचारका कतार संवाददाता दर्शन सुनारलाई मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

महासचिव चित्र गुरुङले सहजीकरण गरेको साधारणसभाको उद्घाटन सत्रको समापन गर्दै सभाध्यक्ष गुरुङले आफूलाई पुन: दोस्रो कार्यकालको नेतृत्व प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे । गुरुङले सामाजिक कार्यमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise