२०८२ भदौ १३ गते शुक्रवार / Aug 29 , 2025 , Friday
२०८२ भदौ १३ गते शुक्रवार
Ads

पढाइसँगै कमाइ : इम्बार्क कलेजले ल्यायो नयाँ वर्क–स्टडी पहल

shivam cement
मध्यान्ह
२०८२ भदौ १२ गते २०:४०
पढाइसँगै कमाइ : इम्बार्क कलेजले ल्यायो नयाँ वर्क–स्टडी पहल

काठमाडौं : इम्बार्क कलेजले दुईवटा महत्वपूर्ण कार्यक्रमको घोषणा गरेको छ । ‘व्यावहारिक सिप तालिम (अप्रेन्टिससिप) कार्यक्रम’ र ‘नवप्रवर्तन (स्टार्टअप) क्षमता विकास कार्यक्रम’ ल्याएको हो । नेपालका भविष्यका व्यावसायिक नेतृत्व विकास गर्न, रोजगारी सुनिश्चित गर्न र उद्यमशीलता प्रवर्धन गर्ने अपेक्षा कलेजले गरेको छ । 

इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सिइओ आशिष ठाकुरले भने, ‘यस कार्यक्रमले स्नातकहरूले शैक्षिक जीवनपछि व्यावसायिक जीवनमा प्रवेश गर्दा हुने अनिश्चिततालाई अन्त्य गर्छ । हामीले व्यावसायिक शिक्षालाई प्रत्यक्ष उद्योगसँग जोडेर नेपालमा करियर–रेडी शिक्षाको नयाँ मापदण्ड स्थापित गरेका छौं ।’

यस कार्यक्रमले नेपालका प्रमुख तथा नवीन उद्योग र उद्यमसँगको साझेदारीमार्फत योग्य स्नातकहरूलाई रोजगारी सुनिश्चित गर्ने र सहभागी कम्पनीहरूले संरचित तालिम आवश्यकताको मूल्यांकनअनुसार रोजगारीको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । 

पूर्वनियोजित संरचना, व्यावसायिक परामर्श, नियमित मूल्यांकन र दीर्घकालीन साझेदारी सम्झौता समावेश छन्, जसले उद्योगलाई दक्ष जनशक्ति र विद्यार्थीलाई सुनिश्चित करियर मार्गदर्शन दिन्छ । इम्बार्क कलेजले सुरु गरेको स्टार्टअप क्षमता विकास कार्यक्रमले कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम समय सञ्चालन भएका तथा वार्षिक कारोबार १५ करोड भन्दा कम भएका नवप्रवर्तन व्यवसायहरूलाई लक्षित गरेको छ ।

कार्यक्रमले नेपाल सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी नवप्रवर्तनशील व्यवसायहरूलाई सहयोग प्रदान गर्छ । सिइओ ठाकुर भने, ‘नेपालमा उद्यमशीलताको सम्भावना अपार छ तर रणनीतिक स्रोतसम्मको पहुँच सीमित छ । हाम्रो कार्यक्रमले नवप्रवर्तनलाई दिगो व्यवसायमा रूपान्तरण गर्न समग्र क्षमता विकासमा जोड दिन्छ ।’

यी दुई कार्यक्रमहरूले नेपाल सरकारको नीतिअनुरूप समृद्ध उद्यमशील पारिस्थितिक तन्त्र निर्माणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise