२०८३ कार्तिक १६ गते सोमवार / Nov 02 , 2026 , Monday
२०८३ कार्तिक १६ गते सोमवार

नेपाली विद्यार्थीका लागि अंग्रेजी सिकाइ

Nada
प्रभुल रविन्द्रन
२०८३ कार्तिक १६ गते ०६:००
Shares
नेपाली विद्यार्थीका लागि अंग्रेजी सिकाइ

नेपालका धेरै युवाहरू उच्च शिक्षा, रोजगारीका अवसर र विश्वव्यापी अनुभवका लागि विदेश जान चाहन्छन् । विदेशमा अध्ययन गर्न केवल काठमाडौंका विद्यार्थी मात्रै नभई विभिन्न क्षेत्रीय केन्द्रहरूबाट पनि जाने गरेका छन् ।  

अस्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिकाजस्ता मुलुकमा जाने नेपाली विद्यार्थी धेरै छन् । यसका लागि अग्रेजी भाषाको राम्रो ज्ञान आवश्य पर्दछ । विद्यार्थी र उनका परिवारका लागि अंग्रेजी भाषाको दक्षता, परीक्षामा पहुँच र समयमै प्राप्त हुने मार्गदर्शन अझ बढी महत्त्वपूर्ण मानिन्छ ।   

काठमाडौंबाहिरका विद्यार्थीका लागि विश्वसनीय परीक्षा केन्द्रहरू, तयारी सामाग्री र स्पष्ट मार्गनिर्देशनले उनीहरूको आवेदन प्रक्रियामा  समेत सहजता ल्याउँछ । विश्वविद्यालयको समय–सीमा, भिसाका आवश्यक कागजातहरू, आर्थिक व्यवस्थापन र अंग्रेजी परीक्षाका नतिजाहरू सबै छोटो समयभित्रै जुटाउनुपर्ने हुन्छ । यसको पहिलो र महत्त्वपूर्ण चरण नै अंग्रेजी भाषाको दक्षता प्रमाणित गर्नु हो । विद्यार्थीले विश्वविद्यालयमा आवेदन दिँदा, भिसाका कागजात तयार पार्दा वा छात्रवृत्तिको लक्ष्य राख्दा, जुनसुकै अवस्थामा पनि विश्वसनीय अंग्रेजी परीक्षाले सहयोग गर्छ । उनीहरूको योग्यताले भर्ना तथा भिसासम्बन्धी निर्णय गर्नसमेत योगदान गर्दछ । त्यसमा पियर्सन टेस्ट अफ इंग्लिस (पिटिई) एकेडेमिकजस्ता परीक्षाहरूले विद्यार्थीहरूलाई छिटो र बढी आत्मविश्वास बढाउन सहयोग गर्दै आएका छन् । पिटिई एकेडेमी विश्वव्यापी मान्यता प्राप्त छ ।  

गति र लचिलोपन महत्त्वपूर्ण 

नेपाली विद्यार्थीका लागि गति र लचिलोपन सबैभन्दा महत्त्वपूर्ण हुन्छ । विदेशमा अध्ययानका लागि गरिने आवेदन प्रक्रियामा छोटो समयभित्रै विश्वविद्यालयको आवेदन, छात्रवृत्तिका फारम, भिसासम्बन्धी कागजात र अंग्रेजी भाषा परीक्षाको नतिजा बुझाउनुपर्ने हुन सक्छ । जब परीक्षा अवसर सीमित हुन्छन्, या विद्यार्थीले विभिन्न क्षेत्रबाट लामो यात्रा गर्नुपर्ने हुन्छ, यसले विद्यार्थी र अभिभावकलाई बढी तनावमा पार्न सक्छ । 

सोही आवश्यकतालाई ध्यानमा राख्दै पिटिई एकेडमिकलाई डिजाइन गरिएको हो । विद्यार्थीहरूले आफूले चाहेको मिति नजिकै पर्ने गरी परीक्षाको समय लिन सक्छन् । पिटिई एकेडमिकबाट सामान्यतया ४८ घण्टाभित्रै नतिजा पाउन सक्छन् । यो परीक्षा दुई घण्टाको एउटै सत्रमा सम्पन्न हुन्छ ।  यसमा बोल्ने, लेख्ने, पढ्ने तथा सुन्ने योग्यताहरू समावेश हुन्छन् । छोटो समयसीमाभित्र काम पूरा गर्नुपर्ने विद्यार्थीका लागि यो निकै फलदायी हुनेछ ।  

भाषाको सही प्रयोग 

विदेशमा अध्ययनका लागि अंग्रेजी भाषाको तयारी भनेको कुनै परीक्षाको तयारी गर्नु मात्र होइन । यो त वास्तविक शैक्षिक वातावरणको कुरा बुझ्ने, प्रतिक्रिया दिने, सहभागी हुने र आत्मविश्वास विकास गर्ने माध्याम हो । विद्यार्थीहरूले व्याख्यान बुझ्नु, कक्षा छलफलमा भाग लिनु, असाइनमेन्ट लेख्नु र दैनिक परिस्थितिहरूमा स्पष्ट रूपमा कुराकानी गर्नु आवश्यक छ । राम्रो अंग्रेजी परीक्षाबाट विद्यार्थीले वास्तविक जीवनमा भाषाको सही प्रयोग गर्न सक्छ । 

उच्चारण शैलीमा निष्पक्ष अंकन

प्रत्येक विद्यार्थीको अंग्रेजी क्षमताको मूल्यांकन उनीहरूको उच्चारण शैली, पृष्ठभूमिका आधारमा निष्पक्ष गरिनुपर्छ । यो विशेष गरी नेपालजस्ता देशका विद्यार्थीका लागि महत्त्वपूर्ण छ । जहाँ अग्रेजी सिक्नेहरूले विभिन्न स्थानीय उच्चारण शैलीमा अंग्रेजी बोल्न सक्छन् । पिटिईले परीक्षणहरूको नतिजा वा अंक निर्धारण गर्न ‘मेसिन लर्निङ’को प्रयोग गर्छ । जसले एक रूपता कायम राख्छ । यसको अंकन प्रणालीलाई विश्वभरका विभिन्न प्रकारका आवाज र बोल्ने शैलीहरूको आधारमा प्रशिक्षित गरिएको छ । यसले परीक्षार्थीहरूलाई आफ्नो वास्तविक क्षमता प्रदर्शन गर्ने निष्पक्ष अवसर प्रदान गर्दछ ।

डिजिटल उपकरणमार्फत थप तयारी

तयारी अर्को यस्तो पक्ष हो जहाँ विद्यार्थीहरूलाई सरल र भरपर्दो सहयोगको आवश्यकता पर्छ । विशेषगरी मुख्य सहरभन्दा बाहिर बसोबास गर्नेहरू, नियमित रूपमा भौतिक कक्षामा उपस्थित हुन सक्दैनन् । ती सबै शिक्षार्थीहरूलाई डिजिटल तयारीका साधनले आफ्नै गतिमा अभ्यास गर्न, कमजोर पक्ष बुझ्न र परीक्षाको दिनअघि आत्मविश्वास बढाउन सहयोग गर्छन् ।

आधिकारिक पिटिई एआई अभ्यासले पूर्ण टेस्ट, योग्यतासम्बन्धी खण्डका परीक्षा र व्यक्तिगत अभ्यासका प्रश्न उपलब्ध गराउँछ । जसमा प्रत्येक प्रश्नको तत्काल एआई स्कोरिङ र प्रतिक्रिया प्राप्त हुन्छ । एआई ट्युटरबाट प्राप्त लक्षित मार्गदर्शनसँगै, यसले सिकाइमा सुधार गर्नुपर्ने कुरा बुझ्न, आत्मविश्वास बढाउन र आफ्नो प्रगतिको गति तीव्र पार्न सहयोग गर्दछ । 

विद्यार्थीलाई अवसर 

नेपाली विद्यार्थीका लागि वैश्विक शिक्षालाई अझ सुलभ बनाउने क्रममा काठमाडौंबाहिर परीक्षा केन्द्र विस्तार गर्नु एक महत्त्वपूर्ण कदम हो । चितवनजस्ता केन्द्रमा समेत क्षेत्रीय पहुँचको सुविधाले विद्यार्थीलाई समय बचत गर्न, यात्राको तनाव कम गर्न र विदेशमा अध्ययान गर्ने आफ्ना योजना अझ बढी आत्मविश्वासका साथ अघि बढाउन मद्दत गर्न सक्छ । 

नेपाली विद्यार्थी र उनीहरूका अभिभावकका लागि विदेशमा अध्ययन गर्ने यात्रा जटिल लाग्न सक्छ । तर लचिलो परीक्षा प्रणाली, छिटो नतिजा, निष्पक्ष अंकन र तयारीका लागि उत्कृष्ट साधनहरूको सहयोगले विद्यार्थीहरूले अझ बढी स्पष्टता र आत्मविश्वासका साथ आफ्नो यात्राको अर्को पाइला अघि बढाउन सक्छन् । यसको उद्देश्य नेपालका सक्षम सिकाइलाई विश्वस्तरीय कक्षाकोठा र पेसागत अवसरसम्म पुग्न सहयोग गर्नु हो ।  

(प्रभुल अंग्रेजी भाषा सिकाइ, दक्षिण एसिया, पिटिईका क्षेत्रीय डाइरेक्टर हुन् ।) 

सम्बन्धित खबर