२०८२ भदौ १३ गते शुक्रवार / Aug 29 , 2025 , Friday
२०८२ भदौ १३ गते शुक्रवार
Ads

नेपाल बैंक र नुवाकोटको कोटबारी होटेलबीच सम्झौता

shivam cement
मध्यान्ह
२०८२ भदौ १२ गते २०:४१
नेपाल बैंक र नुवाकोटको कोटबारी होटेलबीच सम्झौता

काठमाडौं : नेपालको पहिलो बैंक नेपाल बैंकले आफ्ना कर्मचारी र उनीहरूका परिवारका सदस्यसँगै ग्राहकलाई विशेष छुट सुविधा दिलाउन कोटबारी होटलसँग सम्झौता गरेको छ । 

सम्झौतामा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र कोटबारी होटेलका तर्फबाट महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरे ।

बैंकले कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकलाई नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका नगरपालिका–७ स्थित रहेको रिसोर्ट कोटबारी होटेलले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्न सो सम्झौता गरेको हो । 

सम्झौताबमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकलाई कोटबारी होटेलले प्रदान गर्ने रिसोर्टका विविध सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट पाइनेछ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise