रौतहट : बागमती नदीले तीव्र कटान गरेपछि दुर्गाभगवती गाउँपालिकाले तत्काल नियन्त्रण कार्य अघि बढाउने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवसहितको टोलीले बुधबार वडा नं. ५ बडहरवास्थित बागमती नदीको अनुगमन गरेको थियो । अनुगमनपछि श्रीवास्तवले उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरेर छिट्टै कटान नियन्त्रणको काम सुरु गरिने बताए ।
'कटान निकै तीव्र छ। यसका लागि सम्बन्धित कार्यालयसँग पनि समन्वय भइरहेको छ । हाम्रो आफ्नै बजेट पनि प्रयोग गर्नेछौं,' उनले भने ।
हाल बागमती नदीले दुर्गाभगवती गाउँपालिकाको बडहरवासहित राजदेवी नगरपालिकाको बसतपुर, ब्रह्मपुरीलगायत क्षेत्रमा कटान गरेको छ ।