२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

Nada
२०८३ असोज १० गते ११:४०
Shares
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ : नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । 

ncell

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्र मन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गरेको परराष्ट्र मन्त्रीको निजी सचिवालयले जनाएको छ । 

त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो । उनले पारस्परिक हितका विविध विषयमा विचारविमर्श गरेको जनाइएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध १८८ देशमा विस्तार भएको छ । 

ताजा खबर

सम्बन्धित खबर