२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

कोसी ब्यारेजमा पानीको बहाव ३ लाख १३ हजार क्युसेक, ४२ ढोका खुला

Nada
२०८३ असोज १० गते ०९:२१
Shares
कोसी ब्यारेजमा पानीको बहाव ३ लाख १३ हजार क्युसेक, ४२ ढोका खुला

राजविराज : कोसी ब्यारेजमा पानीको बहाव ३ लाख १३ हजार ३ सय क्युसेक पुगेको छ । शनिबार बिहान पानीको बहाव बढ्दो क्रममा रहेको कोसी ब्यारेज कन्ट्रोल रूमले जनाएको छ ।

ncell

कन्ट्रोल रुमका अनुसार ब्यारेजका ४२ वटा ढोका खोलिएका छन् । पानीको बहाव बढ्दो क्रममा रहेकाले कोसी नदी आसपासका तटीय तथा होचा भूभागमा सतर्कता आवश्यक देखिएको छ ।

कोसी नदीमा पानीको बहाव निरन्तर बढिरहेको अवस्थामा नदी किनार तथा आसपासका क्षेत्रमा रहेका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएको छ । विशेषगरी नदीको बहाव तथा जलसतहमा थप वृद्धि हुन सक्ने भएकाले जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचनामा ध्यान दिन आवश्यक देखिएको छ ।

कन्ट्रोल रुमले कोसी ब्यारेजको अवस्थालाई ‘अत्यन्त खतरनाक’ भनेर उल्लेख गरेको छ । पानीको बहाव, जलसतह र खोलिएका ढोकाको संख्या निरन्तर परिवर्तन हुन सक्ने भएकाले पछिल्लो आधिकारिक विवरणलाई आधार बनाउनुपर्ने हुन्छ ।

सम्बन्धित खबर