२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

Nada
२०८२ भदौ १२ गते १८:४१
Shares
आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

काठमाडौं : आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले पाँच दिन कैद सजाय सुनाएको  छ । 

ncell

न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको हो ।

अदालतले तामाङसँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा दोषी ठहर गरेको हो ।

त्यस्तै अदालतले ५ सय रुपैयाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहतकोषमा जनही २०० रुपैयाँ भराउने आदेश पनि दिएको छ ।

सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा तामाङलगायतले अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेपछि नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर