काठमाडौं : नेपाल–विश्वव्यापी मोबिलिटी एन्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा दसैंतिहारका लागि ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ ।
अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यसपटक अभियानलाई अझ बढी परिस्कृत बनाउँदै प्लेटिनम ड्राइभर्स गिभअवे सुरुवात गरेको हो ।
इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेष रूपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो । जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यु टाटा एक्सप्रेस इभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इन्ड ग्याजेट रहेका छन् ।
प्लेटिनम ड्राइभर्स गिभअवेका दुई रोमाञ्चक चरणमा आयोजना हुँदै छ । प्रति च्यालेन्ज भदौ ९ गतेदेखि १५ गतेसम्म र च्यालेन्ज थ्री विक्स भदौ १६ गतेदेखि असोज ५ गतेसम्म आयोजना हुँदै छ ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन म्यानेजर सुनिता जिमी राईले क्याम्पेनप्रति आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, ‘प्रतिज्ञा गरेअनुसार, हामी ठुलो र राम्रो अभियान लिएर फर्किएका छौं । हाम्रा चालक इनड्राइभ परिवारको केन्द्रमा रहेका छन् र हामी उनीहरूको समर्पण र कडा परिश्रमलाई सम्मान गर्ने मौका कहिल्यै गुमाउँदैनौं, त्यसैले हामी तपाईंलाई दसैं र तिहारको अवसर पारेर मेगा गिभअवे ल्याउन पाउँदा उत्साहित छौं । अविश्वसनीय मेगा गिफ्ट ह्याम्पर जित्ने मौकाका लागि अहिले नै राइड सुरु गर्नुहोस् । आउनुहोस्, यो चाडवाडको मौसमलाई सँगसँगै मिलेर अझ उत्सवमय बनाऔं ।’
चालकहरूले सबै चरणमा प्लेटिनम स्ट्याटस कायम गर्छन् तिनीहरू ग्रान्ड प्राइजका लागि योग्य हुनेछन् । ड्राइभर्सले जति धेरै राइड पूरा गर्नेछन् त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बढ्नेछ । जसमा क्याब ड्राइभर ग्रान्ड प्राइजअन्तर्गत टाटा एक्सप्रेस–टी इभी, बाइक राइडर ग्रान्ड प्राइजअन्तर्गत टिभिएस रेइडर मोटरसाइकल र साप्ताहिक विजेताका लागि स्मार्टफोन, स्मार्टवाच र इयरबड्स प्रदान गर्ने कम्पनीले जनाएको छ ।