२०८२ भदौ १२ गते बिहिवार / Aug 28 , 2025 , Thursday
२०८२ भदौ १२ गते बिहिवार
Ads

शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

shivam cement
मध्यान्ह
२०८२ भदौ १२ गते १७:००
शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौंः प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

बिहीबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग गरेको छलफलपछि यसबारे जानकारी गराइएको हो । प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा सदनलाई जानकारी गराउने कार्यसूचि रहेको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताए । साथै संसदको आगामी बैठक र कार्यसूचिबारे छलफल भएको छ । १३ गतेपछि १८ गते र २५,२६ र २७ भदौमा बैठक हुने सहमति भएको बताए ।

उनले भने, ‘संसदको आगामी बैठकको कार्यसूचिबारे छलफल भयो । त्यसपछि हामी १८ गतेदेखि, १८ र १९ गते र त्यो भन्दा पछाडिको कार्यक्रम कसरी गर्ने भन्नेबारेमा छलपल गरेका छौँ । भाद्र महिनाभरको कार्यतालिका कसरी लैजाने भन्नेबारेमा छलफल भएको छ । अर्को हप्ता २५,२६ र २७ गते बैठक हुन्छ ।’


 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise