२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

मोना कतारको नेतृत्वमा बाबुराम भण्डारी सर्वसम्मत

shivam cement
तिलु शर्मा पौडेल
२०८१ माघ २६ गते १८:२६
मोना कतारको नेतृत्वमा बाबुराम भण्डारी सर्वसम्मत

दोहा, कतार : म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नम्बर २ भगवती निवासी बाबुराम भण्डारीलाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको १२औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टमा दुई चरणमा सम्पन्न साधारण सभाको बन्द सत्रबाट ३१ सदस्यीय नयाँ कार्यकारिणी समिति सर्वसम्मत चयन भएको छ ।

२२औं वार्षिकोत्सव तथा विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न साधारण सभाले कार्यकारिणी समितिको वरिष्ठ उपाध्यक्षमा मगंला गाउँपालिका वडा नं. ४ का देवीदत्त कँडेल, प्रथम उपाध्यक्षमा मालिका गाउँपालीका वडा नं. ५ रुन्माका पदम पुन, उपाध्यक्षमा रघुगंगा  गाउँपालिका वडा नं. ३ पिप्लेका रुकुम श्रीपाली, महासचिवमा अन्नपूर्ण गाउँपालिका वडा नं.  ६ घारका कृष्ण खड्का (शिव), सचिवद्वय रघुगंगा गाउँपालिका वडा नं. ३ पिप्लेका नरेन्द्र कुमार दर्जी र अन्नपूर्ण गाउँपालिका वडा नं. ३ दानाका प्रेमबहादुर गर्बुजा,  कोषाध्यक्षमा अन्नपूर्ण गाउँपालिका वडा नं. ६ घारका नवराज रिजाल र सहकोषाध्यक्षमा बेनी नगरपालिका वडा नं. ७ संगमचोककी मोना नेपालीलाई चयन गरेको छ ।

समितिको महिला संयोजकमा मंगला गाउँपालिका वडा नं. ४ सुनधाराकी टिकामाया रोका, महिला उपसंयोजकमा मालिका गाउँपालिका वडा नं. २ चिउरी बोटकी पार्वती पुन रहेकी छन् । मगंला गाउँपालिका संयोजकमा मंगला गाउँपालिका वडा नं. ५ पॉखुका रामबहादुर बानिया,  रघुगंगा गाउँपालिका संयोजकमा रघुगंगा गॉउपालिका वडा नं. ३ मौवाफाटका विष्णु खत्री, अन्नपूर्ण गाउँपालिका संयोजकमा अन्नपूर्ण गाउँपालिका वडा नं. २ भुरुङ तातोपानीका याम बिक, मालिका गाउँपालिका संयोजकमा मालिका गाउँपालिका वडा नं. ३ किटेनीकी यामुना पटेल, बेनी नगरपालिका संयोजकमा बेनी नगरपालिका वडा नं. ९ तोरीपानी निवासी पल सुन्दास, वरिष्ठ सदस्य तथा सांस्कृतिक संयोजकमा बेनी नगरपालिका वडा नं. ५ चिप्लेटीका राजन खत्री सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै समितिको वरिष्ठ सदस्यहरूमा क्रमशः मालिका गाउँपालिका वडा नं. ३ डाँडागाउँका कोपिला पटेल, सिर्जना घताने र कल्पना घताने, सोही गाउँपालिका वडा नं. १ रिठेचौरकी सपना पुन, अन्नपूर्ण गाउँपालिका वडा नं. ४ गाडपारका भूपेन्द्र पुर्जा, अन्नपूर्ण गाउँपालिका वडा नं. १ दोबाका दिल घताने, मगंला गाउँपालिका वडा नं. ४ का गंगाधर कँडेल रहेका छन् । त्यस्तै कार्यकारिणी सदस्यहरूमा अन्नपूर्ण गाउँपालिका वडा नं. ६ घाराका बिलबहादुर दर्जी, सोही गाउँपालिका वडा नं. २ भुरुङ तातोपानीका देवी विक, तारा बिक, बेनी नगरपालिका वडा नं. १० पात्लेखेतका भरतबहादुर दर्जी, रघुगंगा गाउँपालिका वडा नं. ३ रानी पौवाका प्रेम बिक, सोही गाउँपालिका वडा नं. ६ कोटगाँउका लालप्रसाद पुन र वडा नं. ३ मौवाफाटका भगवान् भण्डारी रहेका छन् । सर्वसम्मत चयन भएको समितिलाई निर्वाचन समितिका संयोजक विक्रम कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

साधारण सभाको उद्घाटन सत्र मोना कतारका अध्यक्ष राजु पौडेलको सभाध्यक्षता र म्याग्दी प्रवासी नेपाली संघका संस्थापक अध्यक्ष तथा हङकङका लागि नेपाल सरकारका तर्फबाट पर्यटन प्रवद्र्धनदूत समेत रहेका प्रकाश पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पुनले मोनालाई अन्तर्राष्ट्रियकरणका खातिर मोना कतारले गरेको त्याग र योगदान अतुलनीय रहेको बताए । उनले म्याग्दी डेभलपमेन्ट ट्रष्ट जिल्लामा दर्ता गरिएको जानकारी दिँदै १८ वर्षभन्दा माथिका र ६० वर्षभन्दा तलका म्याग्देलीले आफ्नो पूरा जीवनमा एक पटक नेपाली १ हजार रुपैयाँ सहयोग गर्ने हो भने आफूले हङकङबाट उक्त ट्रष्टमार्फत करोडौं रकम भित्राएर विकास गर्न सकिने धारणा राखेका थिए ।

साधारण सभामा सहभागी हुन गृह जिल्ला म्याग्दीबाट कतार आएका म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले म्याग्दीमा अन्तर्राष्ट्रियस्तरको भलिबल कबर्ड हल निर्माण अभियानमा संघ लागिरहेको बताउँदै कतारबाट पनि सहयोगको अपेक्षा गरेको बताए ।

कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको आतिथ्यता रहेको साधारण सभामा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष रमेश भट्ट, मोना कतार बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष विक्रम कार्की, मोना कतारका संरक्षकद्वय रमेश पौडेल र प्रेम रसाइलीसहित साधारण सभामा बोल्ने वक्ताहरूले आयोजक समाजले सामाजिक तथा मानवीय क्षेत्रमा गरेको कार्यसम्पादनको प्रशंसा गरेका थिए । 

साधारण सभामार्फत भलिबल खेलाडी, सामाजिक व्यक्तित्वहरू, सिंगो कार्यसमिति, संस्थाका संरक्षक, सल्लाहकारहरू, विशिष्ट अतिथिसहित प्रमुख अतिथिलाई दोसल्ला र मायाको चिनोले सम्मान गरिएको थियो । साधारण सभामा पञ्चेबाजा समूहको बाजामा हलमा उपस्थित सबै नाचेका थिए । कतारमा रहेका कलाकारहरू यामुना पटेल, सुधा परियार, बाबु कौसल, रेष्मी सेन्चुरी र अनिता परियारले सांगीतिक प्रस्तुति दिएका थिए । सांगीतिक प्रस्तुति दिने कलाकार र पञ्चेबाजा समूह नगदसहित सम्मान पत्रले सम्मानित भएका छन् ।

प्रवासबाट खोलिने डिम्याट खाता, आईपीओ, बैंकिङ प्रणालीबाट रेमिट्यान्सलगायतका विषयमा नबिल बैंकका रिलेशनसिप मेनेजर दीपेन्द्र पौडेल र कतारमा रहँदै गर्दा श्रम नवीकरण, सामाजिक सुरक्षा कोषको महत्त्व र लाभका बारेमा सामाजिक व्यक्तित्व अर्जुन पौडेलले आफ्ना धारणाहरू उपस्थितका बीचमा राखेका थिए ।

लोकप्रिय समाचारका कतार संवाददाता दर्शन सुनार, नेपालीजनता खबर डट कमका कतार संवाददाता प्रकाश दर्नाल र मध्यान्हकर्मीलाई मोना कतारका लागि समय र शब्द खर्च गरेर समाचारमार्फत प्रचार प्रसार गरी सहयोग गरेकोमा नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो । विधिवतरूपमा पञ्चेबाजाको नराहासहित ब्यानर अनावरण, दीप प्रज्वलन, राष्ट्रिय गान, कतार तथा प्रवासमा मृत्यु भएका सबै म्याग्देली तथा नेपालीसहित शहीदहरूका नाममा एक मिनेट मौन धारण, वार्षिकोत्सवको केक काटेर शुभारम्भ गरिएको साधारण सभामा मोना कतारका प्रथम उपाध्यक्ष हेम बानियाँले स्वागत मन्तव्य राखेका थिए ।

नृत्यांगना यामुना पटेलले म्याग्दी जिल्लामा जन्मिएको मौलिक थाली नाचद्वारा स्वागत नृत्य पेस गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण गर्दै महासचिव शिव खड्काले कार्य प्रगति तथा आयव्यय पेस गरेका थिए । खड्काले संघले कार्यकालभरि ८७ हजार ७ सय ६२ रुपैयाँ आम्दानी गर्दै ८१ हजार ५ सय ३९ खर्चँदै ६ हजार २ सय २३ रियाल संस्थामा बचत रहेको आयव्यय पेस गरेका थिए ।

साधारण सभाको उद्घाटन सत्रको समापन गर्दै सभाध्यक्ष पौडेलले मोना कतारका संस्थापकदेखि आफ्नो कार्यकालको अन्तिम दिनसम्म साथ सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । पौडेलले मोना कतारको संरक्षकत्वमा स्थापित मोना कतार बहुउद्देश्यीय अक्षयकोषको हितमा पनि नयाँ समितिले काम गर्ने विश्वास व्यक्त गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise