२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

साउदी अरबको रियादमा क्षेप्यास्त्रको अवशेष खस्दा एक जना घाइते

Nada
तिलु शर्मा पौडेल
२०८३ असोज २८ गते २१:०२
Shares
साउदी अरबको रियादमा क्षेप्यास्त्रको अवशेष खस्दा एक जना घाइते

दोहा, कतार : साउदी अरबको राजधानी रियादमा हुथी विद्रोहीले प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरेपछि त्यसको अवशेष आवासीय क्षेत्रमा खस्दा एक जना घाइते भएका छन् । घटनामा एउटा घर र एक सवारीसाधनमा सामान्य क्षति पुगेको साउदी नागरिक सुरक्षा निकायले जनाएको छ ।

ncell

घाइते व्यक्ति अरबी नागरिक रहेको नागरिक सुरक्षा निकायका प्रवक्ताले बताएका छन्। तर उनको राष्ट्रियता, पहिचान र स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । क्षेप्यास्त्रका अवशेष खसेपछि सम्बन्धित निकायले घटनास्थलमा आवश्यक सुरक्षा तथा व्यवस्थापन प्रक्रिया अपनाएको जनाएको छ । यमनका हुथी विद्रोहीले साउदी अरबतर्फ क्षेप्यास्त्र प्रहार गरेको र त्यसलाई प्रतिरक्षा प्रणालीले रोकेको साउदी अधिकारीहरूले बताएका छन् ।

यमनमा जारी द्वन्द्वसँगै साउदी अरबका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र तथा ड्रोनसम्बन्धी सुरक्षा घटना बढिरहेका बेला रियादमा पछिल्लो घटना भएको हो । यसअघि पनि रियादमा दुईवटा क्रुज क्षेप्यास्त्र आकाशमै नष्ट गरिएपछि तिनका अवशेष आवासीय क्षेत्रमा खसेका थिए । उक्त घटनामा चार जना घाइते हुनुका साथै १५ वटा घरमा क्षति पुगेको साउदी नागरिक सुरक्षा निकायले जनाएको थियो ।

ताजा खबर

सम्बन्धित खबर