२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

हुथी आक्रमणपछि रियाद विमानस्थलको उडान निलम्बन अवधि थपियो

Nada
२०८३ असोज २७ गते १२:०७
Shares
हुथी आक्रमणपछि रियाद विमानस्थलको उडान निलम्बन अवधि थपियो

रियाद : साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले रियादस्थित किंग खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालनको निलम्बन अवधि विस्तार गरिएको जनाएको छ । यमनका हुथी विद्रोहीहरूले विमानस्थललाई लक्षित गर्दै शृंखलाबद्ध आक्रमण गरेपछि साउदी अधिकारीहरूले सुरक्षा निरीक्षण जारी राखेका छन् ।

ncell

प्राधिकरणले सम्बन्धित अधिकारीहरूसँग समन्वय गरी विमानस्थलका सुविधाहरूको सुरक्षा सुनिश्चित गर्न र तिनको सञ्चालन तयारी प्रमाणित गर्ने प्रक्रिया पूरा गर्न उडान निलम्बनको अवधि विस्तार आवश्यक देखिएको बताएको छ ।

प्राधिकरणले विमानस्थलमा सञ्चालन कहिलेदेखि सुरु हुन्छ भन्नेबारे स्पष्ट पारेको छैन । आइतबार किंग खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणपछि उक्त विमानस्थलमा उडान रोकिएको घोषणा गरिएको हो ।

शनिबार सोही विमानस्थलमा हुथी विद्रोहीहरूले गरेको घातक आक्रमणमा १२ जनाको मृत्यु भएको थियो भने ३०९ जना घाइते भएका थिए ।

ताजा खबर

सम्बन्धित खबर