२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

अर्थमन्त्री वाग्ले आज बैंकक जाँदै

Nada
२०८३ असोज २७ गते ११:४५
Shares
अर्थमन्त्री वाग्ले आज बैंकक जाँदै

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्दै छन् ।

ncell

अर्थमन्त्री वाग्ले आज दिउँसो १:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरलाइन्सको विमानमार्फत बैंकक प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

विश्वभरका अर्थमन्त्री तथा उच्चपदस्थ आर्थिक अधिकारीहरूको सहभागिता रहने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ भन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम तय भएको छ ।

बैठकमा सहभागी हुन अर्थसचिव डा. घनश्याम उपाध्याय, अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख एवं सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक प्रस्थान गर्ने कार्यक्रम छ ।

अन्तर्राष्ट्रिय आर्थिक सहकार्य र विकास वित्तका विषयमा छलफल हुने विश्व बैंक समूह तथा आईएमएफको वार्षिक बैठकलाई विश्व अर्थतन्त्रका समसामयिक चुनौती, आर्थिक स्थायित्व र विकासका प्राथमिकताबारे संवाद गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा लिइन्छ ।

अर्थमन्त्री वाग्ले बैठकमा सहभागिता जनाएर आगामी कात्तिक ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर