२०८३ मंसिर १२ गते शनिवार / Nov 28 , 2026 , Saturday
२०८३ मंसिर १२ गते शनिवार

एउटै नाम र चुनाव चिन्हमा दुईवटा कांग्रेस हुन सक्दैन : महामन्त्री राणा

Nada
२०८३ मंसिर १२ गते १८:०९
Shares
एउटै नाम र चुनाव चिन्हमा दुईवटा कांग्रेस हुन सक्दैन : महामन्त्री राणा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले निर्वाचन आयोगले दबाबमा परेर कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई अद्यावधिक गर्न केही ढिलाई गरेको आरोप लगाएका छन् । 

शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आयोगले अद्यावधिक गरेपछि कांग्रेसको वैधानिकता सम्बन्धी विवाद अब सकिएको दाबी गरे । उनले अदालतले तोकेको मितिअनुसार नै पार्टीको महाधिवेशन सम्पन्न गरिएको दाबी गर्दै प्रदेश र जिल्ला अधिवेशन पनि छिट्टै गरिने जानकारी दिए ।

प्रदेश र जिल्ला अधिवेशनको मिति पार्टीको केन्द्रीय कार्यसमितिले नभई पार्टीको निर्वाचन आयोग रहेको उल्लेख गर्दै उनले एक–दुई दिनभित्रै अधिवेशनको मिति सार्वजनिक गर्ने गरी तयारी गरेको बताए । पार्टीभित्र पुसको पहिलो वा दोस्रो सातासम्म अधिवेशन प्रक्रिया टुंग्याउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘आयोगले हामीलाई हामीलाई अद्यावधिक गरिसकेको छ । अद्यावधिक भइसकेपछि कुनै पनि हालतमा कि निर्वाचन आयोग बायस्ड हुनुपर्छ, हामीले यो अधिवेशन अदालतले डेट दिएको डेटभित्र हामीले टुङ्ग्याएका छौँ । हामीले गरिसकेको प्रक्रिया ठीक छ । हुन त दिइसकेको भोलिपल्टै उहाँहरूले हामीलाई दिनुपर्ने भो, दिनुभएन । ढिलो गर्नुभो । सायद दबाबमा पर्नुभो होला । उहाँहरूलाई कोही बाहिरी शक्ति फेरि विदेशी शक्ति भनेको होइन । आयोगभन्दा बाहिरको शक्तिले कि इन्फ्लुयन्स गरेको हुनुपर्छ । नत्र कानुनी रूपमा कुनै पनि हालतमा अरु पार्टीलाई एउटा देशमा दुईटा पार्टी, एउटै झण्डा, एउटै चुनाव चिन्ह, एउटै पार्टी को एउटै नाम भएको दुइटा अधिवेशन हुन सक्ने सम्भावना छैन ।’ 
 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर